काठमाडौं- पार्टी एकीकरणपछि पहिलोपटक बस्न लागेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को स्थायी समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा बस्दैछ।
स्थायी समितिको बैठक अगाडि सचिवालय बैठक बसिरहेको छ। ४३ सदस्यीय स्थायी समितिको बैठकमा दलको विधान मस्यौदा प्रतिवेदन, भ्रातृ संगठन एकीकरण प्रक्रिया लगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा पार्टी एकतापछिको पछिल्लो प्रगतिबारे महासचिव विष्णु पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने नेकपा कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार दुई अध्यक्षले समसामयिक राजनीतिकबारे स्थायी समितिमा आफ्ना कुरा राख्नेछन्।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा पनि छलफल हुने उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।