काठमाडौं- टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतले लगातार दोस्रो हार बेहोरेको छ।
आज भएको खेलमा भारतमाथि न्युजिल्याण्डले आठ विकेटको जित निकालेको हो। यसअघि पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर ११० रन बनाएको थियो। भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए। हार्दिक पाण्डेले २३, केएल राहुलले १८, रोहित शर्माले १४ तथा रिसभ पन्तले १२ रनको योगदान गरे।
न्युजिल्याण्डका ट्रेण्ट बोल्टले तीन, आइस सोधीले दुई तथा आडम मिल्ने र टिम साउथीले एक/एक विकेट लिए।
१११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको न्युजिल्याण्डले ३३ बल बाँकी छँदै लक्ष्य भेट्टाएको थियो।
न्युजिल्याण्डका लागि डार्याल मिचेलले सर्वाधिक ४० रन बनाए। कप्तान केन विलियम्सनले ३३, मार्टिन गुप्टिलले २० र डेभोन कन्वेले दुई रनको योगदान गरे।
भारतका लागि दुवै विकेट जसप्रित बुम्राहले लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।