काठमाडौं- आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार तेस्रो जित निकालेको छ।
यूएईमा शुक्रबार राति भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो।
पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।
अफगानिस्तानका लागि कप्तान मोहम्मद नाबीले अविजित ३५ रन जोड्दा गुल्बादिन नाइब ३५ रनमा अविजित रहे। यस्तै नाजिब उल्लाह जाड्रनले २२ तथा करिम जनतले १५ रन बनाए भने अस्घर अफगान र रहमानउल्लाह गुरुबाजले १०/१० रन बनाए।
यस जितसँगै समूह२ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेको छ। पाकिस्तान समूहको शीर्ष स्थानमा रहेको छ। अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।