• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टी२० विश्वकप : बंगलादेशमाथि वेस्टइन्डिजको रोमाञ्चक जित

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १२, २०७८  २०:१६
1140x725

काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ मा साविक विजेता वेस्टइन्डिजले बंगलादेशमाथि ३ रनको रोमाञ्चक जित हात पारेको छ। 

जितको लागि १ सय ४३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३९ रन बनाउन सक्यो। 

बंगलादेशका लिटन दासले सर्वाधिक ४४ रन बनाए। उनले ४३ बलमा ४ चौका प्रहार गरे। 

यस्तै, कप्तान महमूदुल्लाह रियाद ३१ रनमा अविजित रहे। बंगलादेशलाई अन्तिम १२ बलमा २२ रन चाहिएको थियो। तर, वेस्टइन्डिजका अनुभवी बलर ड्वेन ब्राभोले १९औं ओभरमा ९ रन खर्चेर १ विकेट लिएपछि खेल रोचक मोडका धकेलिएको थियो। 

पहिलो बलमै महमूदुल्लाहले छक्का प्रहार गरेपनि त्यसपछि ब्राभोले उत्कृष्ट पूनरागमन गरेका थिए।

अन्तिम ६ बलमा बंगलादेशलाई १३ रन चाहिएको थियो। आन्द्रे रसेलले ९ रन दिँदै वेस्टइन्डिजको जित पक्का गराए।

बंगलादेशका ओपनर मोहम्मद नईम १७ र सौम्य सरकार १७ रनमा आउट भए। यता, सकिब अल हसन ९ र मुश्फिकुर रहिम ८ रनमा आउट भए। 

वेस्टइन्डिजका रवि रामपाउल, ड्वेन ब्राभो, अकिल हुसैन, आन्द्रे रसेल र जेसन होल्डरले १–१ विकेट लिए।

Ncell 2
Ncell 2

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको थालेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो। 

वेस्टइन्डिजका युवा विकेटकिपर निकोलस पुरनले सर्वाधिक ४० रनको योगदान दिए। उनले २२ बलमा १ चौका र ४ छक्का प्रहार गरे। 

वेस्टइन्डिजका अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। काइरन पोलार्ड १४ रनमा अविजित रहे। रोस्टन चेशले ३९ रन जोडे। उनको टी२० आईमा यो डेब्यू हो। 

तीव्र गतिका बलर मुश्ताफिजुर रहमान इविन लेविसलाई ६ रनमा आउट भए। अनुभवी ब्याटर क्रिस गेललाई ४ रनमा बोल्ड आउट भए। 

शिम्रन हेटमायरलाई ९ र आन्द्रे रसेल कुनै बल नखेली रन आउट भए। तस्किन अहमदको बलमा रोश्टन चेशले प्रहार गरेको सट नन स्ट्राइकको स्टम्पमा लागेपछि रसेल रन आउट भएका थिए।

माहेदी हसन, शोरिफुल ईस्लाम र मुश्ताफिजुर रहमानले समान २ विकेट लिए।

यो लगातार तेस्रो हारसँगै बंगलादेशको सुपर १२ मा समूह ‘ए’ बाट शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने सम्भावना लगभग समाप्त भएको छ। वेस्टइन्डिजले महत्वपूर्ण २ अंक जोड्दै सेमिफाइनलको सम्भावना कायमै राखेको छ।

वेस्टइन्डिज पहिलो खेलमा इंग्ल्यान्डसँग ६ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ८ विकेटले हारेको थियो। 

यता,बंगलादेश पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा इंग्ल्यान्डसँग ८ विकेटले पराजित हुन पुगेको थियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्