• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पाकिस्तानसँग हारेपछि भारतमा मुस्लिमविरुद्ध आक्रोश, देशद्रोहको मुद्दादेखि जागिरबाट निकाल्नेसम्मका घटना

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  १५:३७
1140x725

काठमाडौं- युएईमा जारी आईसीसी टी२० विश्वकपमा लगातार दोस्रो जित निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना बलियो बनाइसकेको छ।

मंगलबार सम्पन्न सुपर १२ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डलाई ५ विकेटले हराएसँगै पाकिस्तानको सेमिफाइनलमा पुग्ने लक्ष्य बलियो बनेको हो। पाकिस्तानले अब शुक्रबार अफगानिस्तानसँग खेल्नेछ।

त्यसअघि आइतबार भएको विश्वकपको पहिलो खेलमा पाकिस्तानले चीर प्रतिद्वन्द्वी भारतविरुद्ध १० विकेटको रवाफिलो जित निकालेको थियो।

राजनीतिक रूपमा कटुतापूर्ण सम्बन्ध रहेका यी दुई देशबीच यसअघि विश्वकपमा भएका सबै १२ खेलमा भारत हावी भएको थियो। यसअघि टी२० विश्वकपमा भारत र पाकिस्तानबीच कुल ५ खेल भएको थियो। 

भारतले ५ खेलमा शतप्रतिशत जित निकालेको थियो। सन् २००७ को समूह चरणमा खेल बराबर भएपछि बल आउट (बलले स्टम्प ताक्ने) रुपमा भारत विजयी भएको थियो । उक्त फाइनलमा भारतले पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो। 

भारत २०१२ को टी२० विश्वकपमा ८ विकेट, २०१४ को विश्वकपमा ७ र २०१६ को विश्वकपमा ६ विकेटले विजयी भएको थियो।

२०२१ को विश्वकपमा पहिलो पटक पाकिस्तानसँग पराजित भएको भारतमा अहिलेसम्म पनि त्यसको तरंग बाँकी छ।

भारतीय कप्तान विराट कोहलीले खेल सकिनासाथ पाकिस्तानी खेलाडीलाई अँगालो हालेर बधाई दिँदै आफूहरुलाई उनीहरुले खेलमा कुनैपनि मौका नदिएको बताएका थिए। ‘उनीहरुले नयाँ बलका साथ उत्कृष्ट सुरुवात गरे। उनीहरुमाथि पर्याप्त दबाब सिर्जना गर्न खोजेका थियौं। तर, उनीहरुसँग राम्रो जवाफ थियो। यो स्वीकार गर्न लाज लाग्दैन। एउटा टोलीले हामीभन्दा राम्रो खेलेको छ’, उनले भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

खेलमा हारजित अवश्य नै हुन्छ। त्यसैले यो कुरा त्यहीँ सकिनु पर्ने हो। तर, सोही खेलका कारण भारतमा अहिले  पाकिस्तानको जितको खुसियाली मनाउनेहरुमाथि देशद्रोहको मुद्दा चलाइने भएको छ भने, कसैको जागिर गएको छ। त्यस्तै केहीविरूद्ध प्रहरीमा मुद्दा दर्ता भएको छ। 

यता, भारतीय क्रिकेट टिमका खेलाडी मोहम्मद सामीलाई सामाजिक सञ्जालमा ट्रोल बनाउने क्रम पनि जारी छ। उनले पाकिस्तानवरुद्धको खेलमा खराब प्रदर्शन त गरेका थिए नै। तर, उनीमाथि हमला हुनुको मुख्य कारण चाहिँ उनी मुस्लिम हुनु नै थियो।

सामाजिक सञ्जालमा भारतीयहरुले उनीमाथि ‘धोकेवाज’, ‘गद्दार’ जस्ता आरोप लगाउँदै भारत छोडेर पाकिस्तान जान चेतावनीसमेत दिएका छन्। ट्विटरमा सामी ह्यासट्याग ट्रेन्डिङमा समेत आएका थियो।

सामीमाथि आक्रमण भएपछि एकाध पूर्वक्रिकेटरले उनको बचाउमा लेखेका छन्। सचिन तेन्दुलकरले एउटै म्याचको प्रदर्शनलाई लिएर सामीको प्रतिवद्धतामाथि प्रश्न उठाउनु गलत भएको बताएका छन्। इरफान पठानले आफू सहभागी टिम पनि विगतमा पाकिस्तानसँग हारेको तर आफूलाई ‘पाकिस्तान जान’ नभनिएको बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

घटना यतिमा मात्रै समिति छैन। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भारतविरुद्ध पाकिस्तानको जितको खुसियाली मनाउनेहरुमाथि देशद्रोहको मुद्दा चलाइने बताएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेशका विभिन्न जिल्लामा पाकिस्तानको जितको खुसी मनाउनेहरूमाथि कारबाही भइरहेको छ। आगरा र बरेलीबाट तीन/तीन र राज्यको राजधानी लखनऊबाट एक जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा तीनजना मुस्लिम विद्यार्थी पनि रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना विद्यार्थी कस्मिरका रहेको बताइन्छ। आगराबाट पक्राउ परेका उनीहरुलाई 
 अध्ययनरत इन्जिनियरिङ कलेजले समेत होस्टेलबाट निकालेको थियो।

गिरफ्तार गरिएका छात्रमा अर्शीद युसुफ र इनायत अल्ताफ शेख इन्जिनियरिङ तेस्रो वर्षमा पढ्छन्। शौकत अहमद चौथो वर्षमा पढ्छन्। यी तीनै छात्र आगराको राजा बलवन्त सिंह इन्जिनियरिङ कलेजमा पढ्छन्। 
 
उनीहरुमाथि भारतविरोधी नारा लगाएको र पाकिस्तानको पक्षमा समर्थन गरेको आरोप लगाइएको छ। ती विद्यार्थीले शत्रुता र साइबर आतङ्कवादलाई बढावा दिएको आरोप भारतीय प्रहरीको छ।

यी छात्रलाई जगदीशपुरा थानामा राखिएको छ। उनीहरुलाई मुद्दा चलाउन सरकारी वकिलमा पेश गरिँदैछ। 

यी तीन जनाविरुद्ध आईपीसीको धारा १३३ ए, ५०५(१) (बी) र आईटी कानुन, २००८ को धारा ६६ एफ अनुसार मुद्दा चलाइएको छ। 

बिबिसी हिन्दीका अनुसार राजस्थानमा पाकिस्तानको जितमा खुसी मनाउने एक शिक्षिकालाई जागिरबाट निकालिएको छ। उनीविरुद्ध पनि प्रहरी चौकीमा मुद्दा हालिएको छ।

यता, निर्जा मोदी स्कुलले शिक्षिका नसिफा अटारीले ह्वाट्स एपमा पाकिस्तानी खेलाडीको तस्बिर राखेर हामीले जित्यौं लेखेकी थिइन्। उक्त स्टाटस देखेका एक अभिभावकले उनलाई ‘तपाईं पाकिस्तानी टिमलाई समर्थन गर्नुहुन्छ’ भनेर म्यासेजमा सोधेका थिए। उनले ‘हो’ भनेर उत्तर फर्काएकी थिइन्।

उक्त म्यासेजको स्क्रिनसट स्थानीय टेलिभिजनमा देखाइएपछि विद्यालय व्यवस्थापनले उनलाई जागिरबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, उनलाई उदयपुरको अम्बामाता प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै, जोधपुरमा पाकिस्तानले जित्दा खुसी मनाउने दुई युवकलाई प्रहरीले गिरफ्तार गरेको छ।

सामाजिक सञ्जालहरूमा पाकिस्तानको जितमा खुसीयाली मनाउँदा पञ्जाबमा केही कस्मिरी विद्यार्थीमाथि कुटपिट भएका तस्बिरहरू पनि सार्वजनिक भएका छन्।

भारतीय संस्थापनले आफ्नो देशका मुस्लिम समुदायको राष्ट्रियताप्रतिको प्रतिवद्धतामा प्रश्न गरिरहन्छ। राज्य सत्ताले मात्र होइन, जनस्तरबाट नै उनीहरुमाथि ‘देशविरोधि’ को ट्याग लाग्दै आएको छ। जब भारत र पाकिस्तानबीच क्रिकेट खेल हुन्छ, त्यसबेला भारतका हिन्दूहरुले आफ्नै देशका मुस्लिम नागरिकहरुलाई शंकाको दृष्टिले हेर्ने गर्छन्। अहिले पनि त्यो घटना दोहोरिएको हो।

हुन त भारतले पछिल्लो समय पाकिस्तानसँगको क्रिकेट प्रतियोगिताहरु पन्छाउन खोज्नुको एउटा कारण यो पनि हो। इन्डियन प्रिमियर लिग (आईपीएल)मा समेत भारतले पाकिस्तानी खेलाडीहरुलाई रोक लगाएको छ।

आफ्नै पितापुर्खाहरुले बनाएको देश पाकिस्तानप्रति भारतीय मुस्लिमहरुको केही न केही सहानुभूति पक्कै नै हुन्छ। त्यो बेलाबेलामा प्रकट भइरहेको हुन्छ। पाकिस्तानले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु जित्दा भारतका मुस्लिमहरुले बधाइ साटासाट गर्ने गरेको पाइन्छ। कहिलेकाही भारतीय मुस्लिमहरुले पटका पड्काएर खुशीयाली मनाएका समाचारहरु पनि आउने नगरेको होइन।

तर, भारतलाई पाकिस्तानले हराएपछि भारतभित्रै खुशीयाली मनाइएको भनेर सामाजिक सञ्जालमा सरगर्मी बढेको छ। विभिन्न स्थानमा मुस्लिमहरुले आतिशवाजी गरेको भन्दै फेसबुक र ट्विटरमा बग्रेल्ति भिडियोहरु पोष्ट भएका छन्।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्