काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी महिला टी२० विश्वकपको एसियाली छनोटमा सहभागी हुने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ।
बुधबार क्यानले अन्तिम चरणको बन्द प्रशिक्षणमा सहभागी २४ खेलाडीबाट १४ खेलाडी समेट्दै टोलीको घोषणा गरेको हो।
कप्तान रुविना छेत्री बेलबासेको नेतृत्वमा सहभागी हुने टोलीमा करुणा भण्डारी, ज्योति पाण्डे, सबनम राई, कविता जोशी र डली भट्टले स्थान बनाएका छन्।
यस्तै, इन्दु बर्मा, सरस्वती चौधरी, कविता कुवर, संगिता राई, सिता रानामगर, सरिता मगर, काजल श्रेष्ठ र अप्सरी बेगम पनि टोलीमा समेटिएका छन्।
यस्तै, बैकल्पिक खेलाडीमा सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी रहेका छन्।
अन्तिम चरणको बन्द प्रशिक्षणमा सहभागी भएका अनुराधा चौधरी, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, विन्दु रावल, करुणा भण्डारी र इश्वरी विष्ट भने टोलीमा परेनन्।
युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।