काठमाडौं– मंगलबार बढुवा भएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) र प्रहरी नायव उपरीक्षक(डिएसपी)लाई प्रहरी महानिरीक्षकले शुक्रबार दज्र्यानी चिन्ह लगाएका छन्।
२७ जना जना एसपी तथा ४९ जना डिएसपीलाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्। बढुवा भएकामध्ये एक एसपी तथा ६ डिएसपी संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन्।
पदोन्नती भएका प्रहरी अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नतीसँगै पदीय जिम्मेवारी समेत बढ्ने हुनाले सोही अनुरुप कार्य गरी उत्कृष्ट प्रहरीको रुपमा आफूलाई चिनाउन खनालले निर्देशन दिएका छन्।
। प्रहरी कर्मचारीलाई सम्पादित कामको आधार, अनुभव र अन्य मूल्याङ्कनको आधारमा वृत्तिबिकास गर्नेतर्फ संगठन सदैव सकारात्मक रहने उनको भनाई थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।