काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा नेपाल यथावत् रहेको छ।
आईसीसीले मंगलबार सार्वजनिक गरेको टी२० को नयाँ वरीयतामा नेपाल १४औं स्थानमा यथावत् रहेको हो। अघिल्लो वरीयतामा पनि नेपाल १४औं स्थानमा रहेको थियो।
टी२० वरीयतामा इंग्ल्यान्ड शीर्षस्थानमा छ। भारत दोस्रो स्थानमा रहेको छ।
पाकिस्तान तेस्रो, न्युजिल्याण्ड चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेको छ। एकदिवसीयमा नेपाल १६औं स्थानमा रहेको छ।
कुशलको वरीयतामा सुधार
नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको टी२० वरीयतामा सुधार भएको छ। उनी वरीयताको ५७औं स्थानमा उक्लिएका छन्। यसअघि भुर्तेल ६०औं स्थानमा रहेका थिए।
यता, नेपालका पूर्वकप्तान पारस खड्का ९५औं स्थानमा झरेका छन्। यसअघि उनी ९१औं स्थानमा रहेका थिए।
कप्तान ज्ञानेन्द्र मल्ल दुई स्थान तल झर्दै ९७औं स्थानमा आइपुगेका छन्। उनी यसअघि ९५औं स्थानमा थिए।
बलिङतर्फ सन्दीप लामिछाने ८८औं स्थानमा झरेका छन्। उनी यसअघि ७८औं स्थानमा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।