• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

कृत्रिम मूल्यवृद्धि : आत्तिए उपभोक्ता, सरकारले भेटेन प्रमाण

64x64
नेपाल लाइभ आइतबार, असार ३, २०७५  ००:३०
1140x725

काठमाडौं- संघीय बजेट आउनु अघिल्लो दिन जेठ १४ गते कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो औसत ४५ रुपैयाँ थियो। १५ दिनको अवधि यसको मूल्य ६५ रुपैयाँ पुगेको छ। यही अवधिमा कालिमाटी बजारमा फर्सीको मूल्य १० रुपैयाँले बढेको छ। जबकि यो समय फर्सी उत्पादनको उपयुक्त मौसम हो। 

यही अवधिमा प्याजको मूल्य २०, अदुवाको १५, लौकाको १० र काँक्रोको १० रुपैयाँले बढेको छ। कालिमाटीबाट बजारमा पुग्दा यो मूल्य थप आकासिन्छ। 

उपभोक्ताको भान्सामा दैनिक पाक्ने यी तरकारीको मूल्य बढ्नुपर्ने कुनै ठोस कारण छैन। न उत्पादनमा ह्रास आएको छ, न कुनै प्राकृतिक विपत्ति। न त ढुवानीमा नै कुनै समस्या छ। 

तरकारीको मात्र होइन अहिले बजारमा दैनिक खाद्यान्नको मूल्य पनि छोइनसक्नु छ। 

खुद्रा व्यापार संघका अनुसार बजेटपछि अहिले खानेतेलमा प्रतिलिटर १५ रुपैयाँ, चामलमा प्रतिकिलो ५०, दालमा १० र चिनीमा ५ रुपैयाँसम्मले मूल्यवृद्धि भएको छ। 

संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार बजेटअघि औसत एक सय १५ रुपैयाँ प्रतिलिटर रहेको खानेतेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पुगेको छ। त्यस्तै, एक हजार ६५० रुपैयाँ प्रतिबोरा रहेको चामलको एक हजार ७ सय रुपैयाँ र २ हजार ४ सय रुपैयाँ रहेको चामलको मूल्य २ हजार ४ सय ५० पुगेको छ। 

बजेटअघि ६५ रुपैयाँ प्रतिकिलो रहेको चिनीको मूल्य अहिले ७० रुपैयाँ पुगेको छ भने दालको मूल्य पनि ९० रुपैयाँबाट सय रुपैयाँ पुगेको छ।  

मूल्यवृद्धि कृत्रिम
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ पछिल्लो समय भइरहेको मूल्यवृद्धि कृत्रिम भएको बताउँछन्। अहिले मूल्यवृद्धि हुनुमा कुनै कारण देख्दैनन् उनी।

Ncell 2
Ncell 2
nimb
nimb

व्यवसायीले बजेटलाई बहाना बनाएर मूल्यवृद्धि गरे पनि बजेटको प्रभाव यस्ता दैनन्दित उपभोगका खाद्यान्नमा पर्दैन। आधारभूत खाद्यान्नमा सरकारले कुनै पनि प्रकारको कर लिँदैन। भ्याट फिर्ताको व्यवस्था खारेज भएकाले वस्तुको मूल्य बढेको तर्क केहीले गरे पनि खाद्यान्नमा कुनै पनि भ्याट लाग्ने व्यवस्था छैन। 

यसबाहेक यसपटक सरकारले कर्मचारीको तलबमानमा पनि हेरफेर गरेन। यसले गर्दा बजेटका कारण वस्तुको मूल्यवृद्धि गर्नुपर्ने कुनै कारण छैन। 

खुद्रा व्यापार संघका महासचिव श्रेष्ठ पनि मूल्यवृद्धि हुनुमा ठोस कारण देख्दैनन्। भन्छन्, ‘हल्लैहल्लाले मूल्य बढ्यो।’ 

बरु पछिल्लो समय इन्धनको मूल्यमा भएको वृद्धिले ढुवानी बढ्न गई त्यसको चाप वस्तुको मूल्यमा परेको देखिन्छ। पछिल्लो समय खासगरी पेट्रोल र डिजेलको मूल्यमा भएको वृद्धिले वस्तुको मूल्यवृद्धिमा असर पारेको छ। पछिल्लो एक महिनामा मात्रै प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेल ३/३ रुपैयाँले बढेको छ। पछिल्लो ३ महिनाको अवधिमा पेट्रोलको मूल्य १० रुपैयाँ र डिजेलको मूल्य ९ रुपैयाँले बढेको छ। तर, इन्धनको मूल्यवृद्धि भएकै आधारमा यति मूल्यवृद्धि हुनु पनि तर्कसंगत देखिँदैन। 

Xtrem

Xtrem

लर्तरो अनुगमन
पछिल्लो समय मूल्यवृद्धि आकासिनुको कारण हो, प्रभावकारी अनुगमन नहुनु। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन भइरहेको दाबी गर्दै आए पनि त्यसको असर बजारमा पटक्कै देखिएको छैन। मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा बहाल भएपछि उनले केही समय अनुगमन नै रोकेका थिए। त्यसपछि पनि प्रभावकारी बजार अनुगमनले गति पाउन सकेको छैन। त्यसका कारण पनि मूल्यवृद्धिले प्रशय पाएको तर्क छ, उपभोक्तावादीहरूको।

‘अहिले मन्त्री र मन्त्रालयकै मिलेमतोमा भाउ बढाइएको छ,’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बानियाँको आरोप छ। 

मूल्यवृद्धि नियन्त्रण गर्ने र बजार अनुगमन गर्ने निकाय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भए पनि उसको नजरमा अहिले बजारमा मूल्यवृद्धि भएको छैन। ‘हामीले तराईका केही जिल्ला र काठमाडौं उपत्यकामा बजार अनुगमन गर्दा मूल्यवृद्धि देखिने भरपर्दो प्रमाण पाउन सकेनौं,’ विभागका प्रवक्ता ढुण्डीराज पोखरेल भन्छन्। 

अहिले विभागको औसत ३ टोली दैनिक बजार अनुगमनमा जान्छ। विभाग दैनिक अनुगमन गरिरहेको पनि बताउँछ। मूल्यवृद्धि भएको प्रमाण पाउन नसकेपछि शुक्रबार मात्रै विभागले मूल्यसूची राख्न र बिजविजक जारी गरेर कारोबार गर्न निर्देशनसहितको सार्वजनिक सूचना नै जारी गरेको छ। ‘अब एक सातापछि हामी  सशक्त अनुगमन अघि बढाउँछौं,’ विभागका प्रवक्ता पोखरेल भन्छन्।

प्रकाशित मिति: आइतबार, असार ३, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष समितिले बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीबाहेक अन्य पक्षबाट गोली चलेको प्रमाण फेला नपरेको र चार युवाको मृत्यु नेपाली सुरक्षाकर्मीले च... मंगलबार, भदौ २, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्