काठमाडौं- कप्तान विराट कोहलीको अर्धशतकमा भारतले आईसीसी टी२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को खेलमा पाकिस्तानलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो।
भारतका कप्तान कोहलीले सर्वाधिक ५७ रन बनाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
टी२० विश्वकपमा कोहलीको यो १०औं अर्धशतक हो। टी२० आई करिअरको २९ औं अर्धशतक हो।
ऋषव पन्त ३९ रनमा आउट हुँदा सूर्यकुमार यादवले ११ रन बनाए। रविन्द्र जडेजाले १३, हार्दिक पान्डयले ११, केएल राहुल ३ रन जोड्दा रोहित शर्मा सुन्य रनमा आउट भए।
भुवनेश्वर कुमारले अविजित ५ रन जोड्दा मोहमद शामी शून्य रनमा अविजित रहे।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ३ विकेट लिए। हसन अलीले २ विकेट लिए। हरिस रौफ र शादब खानले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।