विराटनगर– मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स प्रालिमा बिहीबार करेन्ट लागेर एक जना कामदारको मृत्यु भएको छ।
भारतको सितामढी घर भएका २३ वर्षीय रन्जन कुमारको करेन्ट लागेर मृत्यु भएको हो। राति काम गरिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोवेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मेसिन चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।