काठमाडौं- साविक विजेता वेस्टइन्डिज आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ को समूह 'ए' को पहिलो खेलमा इंग्ल्यान्डसँग ५५ रनमा अलआउट भएको छ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १४.२ ओभरमा ५५ रनमा अलआउट भएको हो।
वेस्टइन्डिजका क्रिस गेलले सर्वाधिक १३ रन बनाए। वेस्टइन्डिजका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
इंग्ल्यान्डका स्पिनर आदिल राशिदले ४ विकेट लिए। मोइन अली र टायमल्स मिल्सले २-२ विकेट लिए। क्रिस वोक्स र क्रिस जोर्डनको नाममा १-१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।