वासिङटन– अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ।
समाचार संस्था एएफपीसँग कुरा गर्दै अमेरिकी अधिकारीहरुले कोरियाली प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार जनाएका हुन्।
‘कोरियाली प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं,’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने।
उत्तर कोरियाका प्रमुख नेता किम जोङ उनसँग शिखर वार्ता भएको दुई दिनपछि ट्रम्पले सैन्य अभ्यास बन्द गर्ने निर्णय गरेका हुन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।