काठमाडौं– युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकपका आजदेखि सुपर १२ का खेलहरु हुँदै छन्। सुपर १२ अन्तर्गत आज शनिबार समूह १ को दुई खेलहरु हुनेछन्।
आबुधाबीमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार उनीहरुको खेल अपराह्न ३ः४५ बजे सुरु हुनेछ।
आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुने छन्। यस्तै दोस्रो खेलमा इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।
दुबईमा हुने इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ।
एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। साविक विजेता समेत रहेको वेस्ट इन्डिज पनि इंग्ल्यान्डलाई हराएर सुखद सुरुआत गर्न चाहन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।