काठमाडौं- आईसीसी टी२० विश्वकप अघिको ‘वार्मअप’ खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १३ रनले पराजित भएको छ।
जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९.२ ओभरमा १ सय ५० रनमा अल आउट भयो।
न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ४१ रनको योगदान दिए। उनले २० बलमा ४ चौका र ३ छक्का प्रहार गरे।
यता, ईश सोधी २५ रनमा अविजित रहे। डेभन कन्वे २०, टिम साउथी १० र टोड एश्टलले १६ रन बनाए। न्युजिल्यान्डका सिफर्ट ८ र ग्लेन फिलिप्स ७ रनमा आउट भए।
इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडले ४ विकेट लिए। स्पिनर आदिल राशिदले ४ ३ विकेट लिए। लियाम लिभिङस्टोन र क्रिस वोक्सको नाममा १/१ विकेट रह्यो।
त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो।
इंग्ल्यान्डका जस बटलरले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ५१ बलमा ११ चौका र २ छक्का प्रहार गरे। जोनी बेयरस्टो ३० रनमा आउट भए। साम बिलिंग्स २७ रनमा अविजित रहे।
न्युजिल्यान्डका स्पिनर ईश सोधीले ३ विकेट लिए। टिम साउथी, लोकी फर्गुसन र ग्लेन फिलिप्सको नाममा १–१ विकेट रह्यो।
इंग्ल्यान्ड सुपर १२ को समूह ‘ए’ र न्युजिल्यान्ड समूह ‘बी’ मा छन्। इंग्ल्यान्डले पहिले खेलमा शनिबार वेस्टइन्डिजसँग खेल्नेछ। न्युजिल्यान्डले मंगलबार पाकिस्तानसँग खेल्दै सुरुआत गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।