काठमाडौं- कप्तान रोहित शर्माको अर्धशतकमा भारतले आईसीसी टी२० विश्वकप २०२१ अघि ‘वार्मअप’ खेलमा अष्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ।
जितको लागि १ सय ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले १७.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो। भारतका कप्तान शर्मा ६० रनमा ‘रिटायर्ट हर्ट’ भएका थिए। उनले ४१ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।
यता,ओपनर लोकेश राहुल ३९ रनमा आउट भए। सूर्यकुमार यादव ३८ रनमा अविजित रहे। हार्दिक पान्ड्या १४ रनमा अविजित रहे। अष्ट्रेलिया एश्टन अगरले १ विकेट लिए।
त्यसअघि आईसीसी एकेडेमी ग्राउन्ड दुबईमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो।
अष्ट्रेलिया स्टिभ स्मिथले सर्वाधिक ५७ रनको योगदान दिए। उनले ४८ बलमा ७ चौका प्रहार गरे। मार्कस स्टोइनिस ४१ रनमा अविजित रहे। ग्लेन म्याक्सवेल ३७ रनमा बोल्ड आउट भए।
भारतका स्पिनर रविचन्द्रन आश्विनले २ विकेट लिए। राहुल चाहर, भुवनेश्वर कुमार र रविन्द्र जडेजाले १/१ विकेट लिए।
भारत सुपर १२ को समूह ‘बी’ र अष्ट्रेलिया समूह ‘ए’ मा छन्। विश्वकपमा अष्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुआत गर्नेछ। भारतले विश्वकपमा आइतबार पाकिस्तानसँग पहिलो खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।