काठमाडौं– राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर) मा कार्यरत अनुसन्धान अधिकृत(इन्सपेक्टर)विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ। अर्घाखाँचीमा कार्यरत इन्सपेक्टर ताराबहादुर कुँवरविरुद्ध बिहिबार बिशेष अदालतमा मुद्दा दायर भएको हो।
उनले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै आयोगले छानबिन गरी मुद्दा दायर गरेको हो। विभागमा सेवा प्रवेशका लागि उनले भारतको उत्तरप्रदेशको माध्यमिक शिक्षा परिषद्बाट आइए उत्र्तिण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए। आयोगले सो परिष्दमा बुझ्दा कुँवरले त्यहाँ पढ्दै नपढेको खुलेपछि मुद्दा दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।