काठमाडौं- भारतीय क्रिकेटर युवराज सिंहलाई प्रहरीले पक्राउ गरेर जमानतमा रिहा गरेको छ।
स्पिनर युजेन्द्र चहलको विषयमा ‘जातीगत टिप्पणी’बारे सोधपुछको लागि सिंहलाई हरियाणा प्रहरीले आइतबार पक्राउ गरेको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार सिंहलाई पक्राउ गरेपछि तीन घण्टाभन्दा लामो समय सोधपुछ गरिएको थियो। सोधपुछ सकिएपछि उनलाई अदालतको आदेशअनुसार जमानतमा रिहा गरिएको बताइएको छ।
समाचारमा जनाइअनुसार गत फेब्रुअरीमासिंहमाथि इन्स्टाग्राममा चहलको विषयमा भएको बहसमा दलित समुदायमाथि अपमानपूर्ण टिप्पणी गरेको भन्दै उजुरी दर्ता भएको थियो।
सन् २०२० को जुनमा भारतीय टोलीका ओपनर रोहित शर्मासँग इन्स्टाग्रामको लाइभ सेसनमा सिंहले ‘जातीगत टिप्पणी’ गरेको आरोप छ।
त्यसलगत्तै सिंहले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो टिप्पणीले कुनै विशेष समुदायका मानिसको भावनामा चोट पुगेको भन्दै क्षमायाचना गरेका थिए।
चहलले टिकटक भिडियोको विषयमा कुरा गर्दैगर्दा उनले उक्त टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।