काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ। सोमबार एक सुचना जारी गर्दै क्यानले मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो।
इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्ने सुचनामा उल्लेख छ।
क्यानका अनुसार इंग्ल्यान्ड क्रिकेट बोर्ड वा क्रिकेट अष्ट्रेलियाबाट लेभल ३ का प्रशिक्षक रहेकाले दरखास्त दिन सक्ने छन्।
यस्तै, आईसीसी पूर्ण सदस्य वा फस्ट क्लास क्रिकेट टिम वा एसोसियट राष्ट्रमा पाँच वर्ष प्रशिक्षकको भूमिका निभाएको हुनुपर्ने छ। यसका साथै क्रिकेटको जानकार तथा क्रिकेट कल्चर बुझेको हुनुपर्ने छ।
मुख्य प्रशिक्षक डेभ वाट्मोर राजीनामा दिएपछि नेपाली पुरूष क्रिकेट टिम मुख्य प्रशिक्षकविहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि वाट्मोर नेपाली टिम छाडेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।