काठमाडौं- ओमानले टी-२० विश्वकप क्रिकेट प्रतियोगतामा विजयी सुरुआत गरेको छ। आज भएको को उद्घाटन खेलमा ओमानले पपुवा न्युगिनी (पीएनजी)लाई १० विकेटले पराजित गरेको हो।
ओमानको अल अमारतमा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
पीएनजीले दिएको १३० रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको ओमानले १३.४ ओभरमा विकेट नगुमाइ १३१ रन बनायो। ओमानलाई जित दिलाउन जतिन्डर सिंहले ७३ तथा अक्विब आइयासले ५० रनको योगदान गरे।
यसअघि पीएनजीका कप्तान असाद भालाले ५६ रनको अर्धशतकीय पारी खेलेका थिए। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए।त्यस्तै पीएनजीका कार्लेस अमिनीले ३७, सेसे बाउले १३ रनबाहेक अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन्।
ओमानका लागि जजेसन मक्सोदले सर्वाधिक चार विकेट लिए। त्यस्तै बिलाल खान र कलिमउल्लाले समान दुई/दुई विकेट लिए।
आजै हुने दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्ड भिड्दै छन्। उक्त खेल अल अमारत क्रिकेट मैदानमा नै हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।