काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले महिला विश्वकप छनोटमा सहभागी हुने राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडी चयन गरेको छ।
क्यानले आज विज्ञप्ति जारी गर्दै २४ खेलाडीको नामावली सार्वजनिक गरेको हो।
अन्तिम चरणको बन्द प्रशिक्षणका लागि छनोट हुने खेलाडीहरुमा रुविना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सवनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ, सरस्वती जी एम, रेवती धामी, लक्ष्मी साउद, कविता कुवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, करुणा भण्डारी, सरिता मगर र इश्वरी विष्ट रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।