दमौली– तनहुँको म्याग्दे गाउँपालिका–६ गाउँस्वारास्थित तोपबहादुर शाहीको घरमा आज विद्युत चुहिएर आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
शाहीको ढुंगा माटोले बनेको खरले छाएको दुईतले घरमा आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरमा रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।