भक्तपुर– श्रीमतीको हत्या गरी फरार रहेका उमेशकुमार माझीलाई आज प्रहरीले पक्राउ गरेको छ।
भोजपुर अरुण गाउँपालिका–४ चरब्दी घर भई हाल चाँगुनारायण नगरपालिका–७ खरिपाटी सैँजु डेरी नजिक राममाया कार्कीको घरमा डेरा गरी बस्ने उमेशप्रसादले यही जेठ २५ गते राति २८ वर्षीया श्रीमती सलेनाको टाउकामा बञ्चरोले हानेर हत्या गरेका थिए।
महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले फरार माझीलाई काठमाडौँ कागेश्वरी नगरपालिका–२ आलापोटबाट पक्राउ गरेको हो। माझी पक्राउ परेसँगै घटनाकाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।
माझीका ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।