Samsung Content Block Ad - Nepal Live Samsung Content Block Ad - Nepal Live
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ४, २०८३ Fri, Apr 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नयाँ शक्तिका कार्यकर्ता भन्छन्– हरेश खाएका छैनौं

64x64
नेपाल लाइभ बुधबार, जेठ ३०, २०७५  १४:२३
1140x725

काठमाडौं– नयाँ शक्ति नेपाल स्थापना भएको दुई वर्ष पूरा भएको छ। ०७३ जेठ ३० गते काठमाडौंको दशरथ रंगशालाबाट नयाँ शक्ति पार्टीको घोषणा गरिएको थियो। यो दुई वर्षमा पार्टीले निकै आरोह अवरोह खेप्यो। मुख्यतः विकास र समृद्धिको नारालाई स्थापित गराउन यो दलले भूमिका खेल्यो। तर, चुनावी नतिजाहरु भने उसका लागि उत्साहप्रद रहेनन्। पार्टीको माथिल्लो तहमा रहेका धेरै नेताले पार्टी परित्याग गरेपछि नयाँ शक्तिको भविष्यलाई लिएर निराशा व्यक्त गर्नेहरु पनि छन्।

स्थापना दिवसकै दिन पार्टीले बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेला आयोजना गर्योन। भेलामा देशभरबाट युवाहरु सहभागी भएका छन्। उपस्थित केहीलाई नेपाल लाइभले पार्टीको दुई वर्षे यात्रालाई कसरी मूल्यांकन गर्नुभएको छ? धेरै नेता-कार्यकर्ताले पार्टी छोड्नुलाई कसरी लिनु भएको छ? र, यसको भविष्यप्रति कस्तो धारणा छ? भन्ने प्रश्न सोधेको छ।

तिलक जोशी, कञ्चनपुर

हिजोका दिनमा जुन उत्साहका साथ यो पार्टीको स्थापना भयो। त्यसपछिका दिनमा यहाँ आशा र निराशा दुवै देखिए। बीचमा धेरैले पार्टी छाडे पनि। माओवादीबाट आएका र अन्यत्रबाट आएकाहरुले पनि पार्टी छाडे। त्यसले केही निराशा उत्पन्न गरे पनि वास्तवमा उहाँहरु केही ढिला जानुभयो। जानुपर्नेहरु अघि नै जानुपर्थ्यो।

तर, अहिले युवाले यो पार्टी सम्हालेका छन्। युवाको काँधमा यो पार्टीको जिम्मेवारी आएको छ। त्यसले केही नयाँ आशा उत्पन्न गरेको छ। पार्टीले अब फड्को मार्ने सम्भावना पनि देखाएको छ।

हिजोका दिनमा पार्टीलाई लथालिंग पारे र निहित स्वार्थमा चलाउन खोजे, आफू छ भने मात्रै सबैचिज छ नभए केही छैन भन्ने वातावरण सिर्जना गरे, ती सबै प्रवृत्तिको अन्त्य भएको छ। अहिले युवाको यति ठूलो जमात देखिइरहेको छ, यसले पार्टीको नयाँ उचाइको संकेत गर्छ।

सरस्वती सिंखडा, धादिङ

nimb
nimb
Ncell 2
Ncell 2

नयाँ शक्ति दुई-चार वर्षमा बनिहाल्ला भनेर हामीले सोचेका थिएनौं। यो बन्न धेरै समय लाग्न सक्छ। संघर्ष गर्नुपर्छ। जे होस्, झन् पछि झन् यो पार्टी राम्रो हुँदै गएको छ, बन्दै गएको छ।

पार्टी छाडेर जानेहरुप्रति कुनै गुनासो छैन। ती अवसर खोज्न आएका थिए, नपाएपछि गए। आफूले केही पाउनुपर्छ भन्नेहरु नपाएपछि गएका हुन्। जो पार्टी बनाउनुपर्छ, जनताका लागि केही गर्नुपर्छ, देशका लागि केही गर्नुपर्छ भनेर यो पार्टीमा आएका थिए, ती अहिले पनि यहीँ छन्।

देशमा अहिले तेस्रो राजनितक शक्ति आवश्यक छ। यो जनताले नै महसुस गरेको कुरा हो। अहिले वाम गठबन्धनले जनतालाई के गर्यो , के दियो? हिजो के बोलेका थिए, आज के गरिरहेका छन्? महँगी र भ्रष्टाचारभन्दा बाहेक देशमा अरु के बढिरहेको छ र? यस्तो बेलामा तेस्रो शक्ति आवश्यक छ र हाम्रो पार्टी त्यो शक्ति बन्छ भन्ने म प्रशस्त आधार देख्छु।

ईन्द्र सिलवाल

पार्टी स्थापना भएको दुई वर्षमा विभिन्न उतारचढाव देखियो। पार्टी राम्रोसँग बनिनसक्दै यहाँ वर्षौंदेखि जरा गाडेर बसेका पुराना शक्तिसँग तुरुन्तै चुनावमा होमिनुपरेकाले हामीले सुखद नतिजा ल्याउन सकेनौं। यद्यपि, हामीले हरेश खाएका छैनौं। धेरै साथीहरुले पार्टी छाड्नुभएको छ। तर, युवाहरु यो पार्टी जोगाउन लागिपरेका छौं।

हाम्रो अवस्था यही कार्यक्रम हलमा आएका मानिसको संख्याले पनि देखाउँछ। दुई तिहाइ मतको वाम सरकार भएको बेलामा त्यताको अवसरलाई छाडेर यही पार्टी बनाउनुपर्छ भनेर नयाँ शक्तिमा रहेका यी युवाको संख्या नै हाम्रो भविष्य हो। यो हाम्रा लागि गर्वको कुरा हो। शक्तिको पछि लाग्नेहरु धेरै हुन्छन्, सत्यको पछाडि लाग्नेहरु कम हुन्छन्। यहाँ उपस्थितहरु सबै सत्यका पछि लाग्नेहरु हुन्। देशै बनाउने हो भने यो पार्टीमा लाग्न कुनै अप्ठ्यारो मान्नुपर्ने अवस्था छैन।

कमल आचार्य, इटहरी

नयाँ शक्ति पार्टीले दुई वर्ष पूरा गरेकोमा निकै खुसी लागिरहेको छ। नयाँ शक्ति पार्टी आगामी दिनमा पुरातन सोचहरु त्यागेर नयाँ सोच, नयाँ सिद्धान्त र नयाँ परिपाटी राखेर देशलाई समृद्ध बनाउन अघि बढ्नेछ। आफ्नै जीवनकालमा समृद्धि हेरेर मर्ने सबैको इच्छा पूरा गर्न संकल्पित हुनेछ। यो देशलाई समृद्ध बनाउन हामीले राखेका पाँच 'स'को अवधारणालाई पछ्याउनु आवश्यक छ। 

विशाल पराजुली

नयाँ शक्तिले दुई वर्षमा निकै तीतोमीठो अनुभव हासिल गर्योय। हामीले भर्खरै पार्टी गठन हुँदै गर्दा चुनावमा सहभागी हुनुपर्यो । हामीले चुनाव चिह्न समेत नपाई चुनावमा सहभागी हुनुपर्योग। नयाँ पार्टीमाथि यस्तो अन्याय भएकैले चुनावी नतिजा उत्साहप्रद रहन सकेन। 

हामीले जनतालाई राम्रोसँग हाम्रो एजेन्डा र नीति बुझाउन नसक्दा पनि राम्रो नतिजा ल्याउन सकेनौं। तर, अब आउने चुनावमा हामी बलियो हुनेछौं भन्ने विश्वास छ। हामी जनताले दैनिक भोगिरहेका पीरमर्कालाई उठाएर उनीहरुको विश्वास जित्दै जानेछौं। अबको पाँच वर्षमा जनता माझ भिज्नेछौं। 

उपेन्द्र श्रेष्ठ

यो दुई वर्षमा हामीले धेरै अनुभवहरु गर्यौंप। विशेषगरी धेरैले पार्टी छाडेको कुरा चर्चित छ। तर, सुन्दर फूललाई कुरुप बनाउन झिँगाहरु भन्किएका थिए, ती झिँगा हट्दाखेरीको अवस्थामा हाम्रो पार्टी पुगेको थियो। अब यसलाई अझै सुन्दर बनाउन मौरीहरुले घेरेको अवस्था छ। 

नयाँ शक्ति अब बन्दैन, सकियो भन्नेहरुलाई पनि हामीले देखाइदिनेछौं कि यो पार्टी बन्दै छ। अहिलेको वाम सरकारले जनतालाई थोपरेको महँगीलाई नयाँ शक्तिले अन्त्य गराउन पहल गर्छ।

कल्पना कोइराला, जोरपाटी

पार्टी सुरुमा राम्रै भएको थियो, माहोल पनि राम्रै देखिएको थियो। बीचमा फेरि निराश भइसकेका थियौं हामी। निस्क्रिय पनि भइसकेका थियौं। तर, पार्टी नै छाडेका भने थिएनौं। झिनो आशा बोकेर बसेका थियौं। अहिले आएर आशा फेरि बढेको छ। अब हामी अगाडि बढ्न सक्छौं भन्ने विश्वास बढेको छ। यो पार्टी अब ठूलो भएर जानेछ।

अहिले धेरैले आशा गरेको वाम गठबन्धनले पनि खासै केही गर्न सक्लाजस्तो छैन। उनीहरुको प्रारम्भिक कामले जनतामा आशा जगाउन सकेको छैन। त्यसले पनि विकल्पमा नयाँ शक्ति उदाउनेछ भन्ने लागेको छ। 

कल्पना विक, नेपालगञ्ज

म नयाँ शक्तिमा जोडिएको धेरै भएको छैन। योसँग नयाँ खालको योजना छन्, युवाहरुलाई आकर्षित गरिरहेको छ। त्यसैले पनि मलाई यो पार्टीप्रति आकर्षण बढेको हो।

रमिता चन्द

दुई वर्षअघि हामीले यो पार्टी जस्तो होला भन्ने सोचेका थियौं, त्यस्तो भइसकेको छैन। बीचमा बाधाहरु आउँछन्, तर हामी विस्तारै अघि बढिरहेका छौं। सुरुमा हामीले यो पार्टीमा जोडिँदै गर्दा धेरैबाट धेरै अपेक्षा गरेका थियौं। तर, धेरैको सहयोग पाएका छैनौं।

हुन त नयाँ शक्ति नेपालले अहिलेसम्म कुनै उल्लेखनीय काम गर्न सकेको छैन। तर, गर्नका लागि हामी लागिपरिरहेका छौं। सबै काम तत्काल भइहाल्छ भन्ने होइन। एउटा भर्खर जन्मेको बच्चालाई हिँड्नका लागि त केही वर्ष कुर्नुपर्छ। यो त झन् पार्टी हो। त्यसैले केही वर्ष लाग्ला तर यो पार्टी बन्न चाहिँ बन्छ।

यो पार्टीको भविष्य राम्रो नै हुनेमा म विश्वस्त छु। नत्र बाबुराम भट्टराई जस्ता देश दुनियाँ बुझेका नेता किन यतातिर लागिरहनुहुन्थ्यो र? उहाँका लागि त अन्य अवसर पनि थिए नि! 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति
सम्बन्धित सामग्री
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सिंहदरबारस्थित संघीय संसद सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसमक्ष उनीहरूले शपथ लिएका हुन् । शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति न्यायाधीशहरू हरि फुयाल र शान्तिसिंह थापाको इजलासले शाहलाई अवेहलना मुद्दामा तारिख खेप्न वारेसको सुविधा दिएको हो । शुक्रबार, वैशाख ४, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी आज भएको निर्वाचनमा एमालेका उम्मेदवार गुरु बराल अल्पमतमा परेपछि शेरचनलाई विजयी घोषणा गरिएको हो। शुक्रबार, वैशाख ४, २०८३
ताजा समाचारसबै
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
१२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ शुक्रबार, वैशाख ४, २०८३
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेसमार्फत उपस्थित हुने अनुमति शुक्रबार, वैशाख ४, २०८३
श्रम ऐनबमोजिम कामदार राख्न मन्त्रालयको अनुरोध शुक्रबार, वैशाख ४, २०८३
फिलिपिन्समा गोली हानाहान, दश जनाको मृत्यु शुक्रबार, वैशाख ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
महान्यायाधीवक्ता कँडेलको पक्षमा सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
लेखा समिति सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय बिहीबार, वैशाख ३, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई छोड्न सर्वोच्चको आदेश बिहीबार, वैशाख ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्