• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘कोभिड हिरो’ चिकित्सकको ब्लग– संक्रमित भएपछि दशैँ आइसोलेसनमा बिताएँ

प्रतिमा  भण्डारी बिहीबार, असोज २८, २०७८  ०७:००
1140x725

धेरैले डाक्टरलाई धर्तीको फरक प्राणीजस्तो व्यवहार गर्छन्। यस्तो व्यवहार देख्दा अचम्म लाग्छ। 

डाक्टर पनि अरुजस्तै सामान्य मान्छे हो। उसको पनि मन हुन्छ। परिवार हुन्छ। सुख दुःखका कहालीलाग्दा कथा हुन्छन्।

म डाक्टर हुँ। पढाइ सकेर पेसागत यात्रा सुरु गर्दै गरेकी छु।

म मध्यपश्चिम तराईको राजमार्गमा पर्ने बुटवल शहर नजिकै जन्मे, हुर्केँ। बाबा बैंकमा काम गर्नुहुन्छ। मेरो परिवार आर्थिक हिसाबले ठीकै अवस्थाको हो। म बाबाको जागिरको क्रममा उहाँसँगै भैरहवा, बुटवल हुँदै पोखरा पुगेँ। भाइ, बहिनी र मैले बाबाको जागिर जता सरुवा हुन्छ, उतै चहार्दै पढ्यौँ। 

मामुले पनि बीएसम्म पढ्नु भएको हो। तर, उहाँले गृहिणी बनेर परिवारमा योगदान गर्नुभयो। विद्यालय बिदामा, चाडपर्वमा घर आएको बेला मैले मेरो हजुरबुबाको सानिध्य पाएँ।

मलाई हजुरबुबाले नै क, ख चिनाउनु भएको हो। बाबा–मामुले व्यवहारिक शिक्षा दिनुभयो। बाबाले हामीलाई पढेर असल मान्छे बनाउन अहोरात्र मिहिनेत गर्नुभएको हो। राम्रो शिक्षाका लागि आवश्यक सम्पूर्ण वातावरण मिलेको हुनाले मेरो पढाइ राम्रै भयो। पोखराको एउटा विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि काठमाडौँ गएर छात्रबास बसी ‘प्लस टु’ पढेँ।

यति बेलासम्म म समझदार किशोरी बनिसकेको थिएँ। परिवारसँग बसेर नजिकैको विद्यालयमा पढ्नुभन्दा टाढाको कलेजमा पढ्दा स्वतन्त्रता बढी हुन्थ्यो। विद्यालयमा उपभोग गर्न नपाएका स्वतन्त्रताका स्वादहरुमा रमाउन पाउने मौका थियो। मेरै कतिपय साथीहरु पढाइलाई तिलान्जली दिएर मायाप्रेमको उल्झनमा लागेका थिए। मेरो मन पनि त्यस्तो चमकधमकमा तानिन्थ्यो। तर, मलाई मेरो हजुरबुवाले दिनुभएको संस्कारले त्यताको बाटो हिँड्न दिएन। बाबामामुको सपनालाई कुल्चन सकिनँ।

यसै कारण मैले उत्कृष्ट अंक ल्याएर १२ कक्षा उत्तीर्ण गरेँ। अब स्नातक पढ्नुअघि मैले मेरो जीवनको बाटो तय गर्नु थियो। मैले हासिल गरेको नतिजाले मलाई चिकित्साशास्त्र, इन्जिनियरिङ वा चाहेका जुनसुकै विषय पढ्न पाउथेँ। 

Ncell 2
Ncell 2
nimb
nimb

मैले मेरो बाल्यकाल  भैरहवा र  पोखराका अस्पताल नजिक बिताउन पाएको थिएँ। बाबाको अफिस क्वार्टरअगाडिबाट सेतो एप्रोन लगाएका डाक्टर र चिकित्साशास्त्र पढ्दै गरेका  विद्यार्थीहरु ओहोरदोहोर गरिरहेको देख्थेँ। यसले गर्दा मेरो मनमा चिकित्सा पेसाप्रति नजानिँदो आकर्षण पैदा भएको रहेछ।
घरमा ‘मैले अब के पढ्ने’ भन्ने छलफल भैरहेका बेला फ्याट्ट भनिहालेँछु, ‘म अब मेडिसिन पढ्ने।’

मेरो बाबाले  जागिरको क्रममा धेरै चिकित्सकलाई भेट्नु भएको थियो। चिकित्सकीय पेसामा हुने दुःख नजिकबाट नियाल्नु भएको थियो। चिकित्सक बन्नको लागि गर्नुपर्ने दुःख र मिहिनेतको आभास भएको रहेछ। त्यसैले होला, उहाँलाई चिकित्साशास्त्रको पढाइ र चिकित्सकको कामलाई ‘दुःखिया’ मान्नु हुँदोरहेछ।

उहाँले मलाई जे विषय पढे पनि मेडिकल नपढ्न सुझाव दिनुभयो। मेरो मनमा तिर हानेजस्तो भएछ। म पिलपिलाएँछु। 

त्यति बेला हजुरबुबाले मेरो अनुहार नियालिरहनु भएकोरहेछ। उहाँले बाबालाई भन्नुभयो, ‘नातिनीले डाक्टरी पढ्ने इच्छा गरी, राम्रै त हो। उसको रहर अनुसार गर्न दे।’

Xtrem

Xtrem

मामुले पनि डाक्टरी नै पढाउन जोड गर्नुभयो। बाबाले सहमतिमा मुन्टो हल्लाउनुभयो।

मैले अथक मिहिनेत गरेर प्रवेश परीक्षाको तयारी गरेँ। उत्तीर्ण पनि गरेँ।

तर, मजस्तो सामान्य कर्मचारीको छोरीलाई महङ्गो शुल्क तिरेर भर्ना हुन र मासिक शुल्क अनि पढाइ खर्च बेहोर्न पक्कै सजिलो थिएन। तर, परिवारले ऋणधन गरेर पनि मेरो पढाइ अगाडि बढाइदिनुभयो।

पढाइमा आर्थिक मात्र नभएर सामाजिक र सम्वेगात्मक कठिनाइ पनि हुन्थे। नयाँ जीवन बनाउने यस्तो कठिन मोडमा ढाडस दिनु सट्टा नजिकैका केही आफन्त भने हामीलाई खिस्याइरहेका हुन्थे।

‘लु हेर, फलानाले कुन धनको तुजुकले छोरीलाई डाक्टरी पढाको होला?’

‘ऋण गरेर पनि छोरी पढाउँछु भन्ने फलानो त मुर्ख रहेछ नि!’

यस्तो बेलामा हजुरबुबाले ‘झिंगाको सरापले डिंगा मर्दैन’ भनेर बाबामामुलाई ढाडस दिनुहुन्थ्यो। बाबा मामुले पनि खुट्टा तान्नेहरुको कुरालाई एक कानले सुनेर अर्को कानले उडाउनुभयो।

यो त घरको कुरा भयो। कलेजमा बस्दा पनि मनभित्र उकुसमुकुस भैरहन्थ्यो।

अन्य विधामा पढ्ने मेरै उमेरका  विद्यार्थीहरु हाँसखेल र रमाइलो गरिरहँदा हामी ‘असाइन्मेन्ट’मा घोत्लिरहेका हुन्थ्यौँ। अरु साथी नयाँ चलचित्र आउने बित्तिकै हलमा पुग्थे। हामी मुर्दाघरमा गएर मानव शव चिरफार गरिरहेका हुन्थ्यौँ। कहिलेकाहीँ त जिन्दगी साँचै निरसजस्तो लाग्थ्यो। 

कतिपय साथीसंगीले घरबार बसाएर काखमा बच्चा खेलाउँदै गर्दा बल्ल मेरो पढाइ सकियो। म पनि चिकित्सक बनेँ। जिन्दगीमा धेरै खुसी, रहर र भर्भराउँदो किशोरावस्था अनि जवानी गुमाएर मैले ठूलो प्रतिफल प्राप्त गरेँ।

कतिपय साथीसंगीले घरबार बसाएर काखमा बच्चा खेलाउँदै गर्दा बल्ल मेरो पढाइ सकियो। म पनि चिकित्सक बनेँ। जिन्दगीमा धेरै खुसी, रहर र भर्भराउँदो किशोरावस्था अनि जवानी गुमाएर मैले ठूलो प्रतिफल प्राप्त गरेँ।

यसपछि मैले मेरै शहरको अस्पतालमा करारमा मेडिकल अधिकृतको जागिर पाएँ। कतिपय मान्छेहरु म जस्ती सानी फुच्ची केटीलाई चिकित्सक भनेर पत्याउँदैनथे। कतिले ‘सिस्टर, डाक्टर साबलाई बोलाइदिनुस् न’ भन्थे।

जागिरको पहिलो कमाइले हजुरबुबालाई एउटा इस्टकोट, बाबालाई घडी, मामुलाई पछ्यौरा र भाइलाई टिसर्ट दिएँ। अनि छिमेकीहरुलाई एक–एकवटा लड्डु बाडेँ।

यहि बेला कोभिड–१९ को महामारी आयो।

हामी चिकित्सकहरु आफ्नो दायित्वबोध गर्दै दुनियाँको स्वास्थ्य रक्षाको लागि आफ्नै जीवन धरापमा पारेर मैदानमा खटियौँ। समाजका कतिपयले त्यस्तो संकटको बेला रोगलाई भन्दा स्वास्थ्यकर्मीलाई घृणा गरे। मान्छेहरुले जति छिः छिः र दुरः दुरः गरे पनि हामीले आफ्नो कर्तव्य भुलेनौँ।

हामी चिकित्सक ड्युटी सकेर आफ्नो घर आउन पाउँदैन थियौँ। त्यसैले अस्पतालले  नजिकैका घरहरुमा बस्ने व्यवस्था मिलायो। हामी दुई हप्ता रातदिन काम गथ्र्यौँ र अर्को दुई हप्ता आइसोलेसनमा बस्थ्यौँ।

दुई हप्ता लगातार पीपीई, चस्मा र मास्क लगाउँदा शरीर पाछेर हैरान हुन्थ्यो। मेरो नाकमा निको नहुने गरी बसेका खतहरु त अझै बाँकी छन्।

यस्तो संकटपूर्ण घडीमा म ‘फुच्ची’ले आफैँले नपत्याउने गरी काम गरेँ। अस्पतालका शय्याहरु भरिएपछी करिडोरमा बिरामी सुताएर पनि उपचार गरियो।

जति बेला म आइसोलेशनमा थिएँ, आफैँ कोभिड–१९ बाट संक्रमित हुन पुगेँ। त्यो अघिल्लो दशैँको बेला हो। घरको यादले पलपल ग्रस्त बनायो। दशैँ सकेपछी मात्र मेरो रिपोर्ट ‘नेगेटिभ’ आयो। फेरी ड्युटी सुरु भयो।

एक दिन ड्युटीको थकाइले लखतरान भएर खानै नखाई कति बेला सुतेँछु, पत्तै भएन। रातको २ बजेतिर ब्युँझिएर हेर्दा घरबाट मोबाइलमा झन्डै ५० वटा कल आएको देखेँ। मोबाइल ‘साइलेन्ट’मा थियो।

फोन नउठेपछि म्यासेज छाडिएको रहेछ। त्यसमा लेखिएको थियो, ‘तिम्रो हजुरबुवा यस धर्तीमा रहनु भएन।’

आइसोलेशनमा बसेको म राति नै जर्‍याकजुरुक उठेर घर पुगेँछु। त्यो मेरो बेहोसीको यात्रा थियो। मेरो हजुरबुवाको निष्प्राण देहलाई तुलसीको मोठ नजिकै सुताइएको थियो। म धेरै बेर रोएँ। मैले अन्तिम अवस्थामा पनि हजुरबुवा भेट्न नपाएको दुःख आँसुमा झारिरहेँ।

त्यसपछि मलाई आमाले कोठामा लगेर आफ्नो अंगालोमा सुताउनु भएछ। भोलिपल्ट सुनेँ, केही छिमेकीले भनेछन्, ‘यस्तो बेला अस्पतालमा काम गर्ने डाक्टरलाई पनि घरमा ल्याएर सुताउने?’

यो बेला लाग्यो, ‘संसारकै सबैभन्दा दुखिया पेसा मेरै रहेछ।’

बिस्तारै परिस्थीति बदलियो। कोभिड–१९ हाम्रो नियन्त्रणमा आयो। कोभिड नियन्त्रणमा खटेको पुरस्कारस्वरुप मलाई ‘कोभिड हिरो’ भनेर सम्मानित गरियो। लाग्यो, देश र जनताको लागि गरेको सेवाको कुनै दिन अवश्य कदर हुने रहेछ।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  ०७:००
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्