काठमाडौं- चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)को जारी फाइनल खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई जितको लागि ११२ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्को निम्तो पाएको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको हो।
पोखराको लागि ओपनिङमा उत्रिएका दक्षिण अफ्रिकका आक्रमक ब्याट्सम्यान रिचर्ड लेवी र विपिन रावलले मध्यम सुरुवात गरेका थिए।
पहिलो विकेटका लागि उनीहरु बीच ३७ रनको साझेदारी भएको थियो। पहिलो ओभर निकै नै शान्त देखिएका लेवीले दोस्रो ओभरमा आक्रमक ब्याटिङ गर्दै तीन चौका प्रहार गरे।
१५ बल खेलेका लेवीले ५ चौका प्रहार गर्दै २६ रन बनाएर क्याच आउट भए।
उनी तेस्रो ओभरको तेस्रो बलमा करिम जन्नतले फ्याँकेको बलमा लामो सर्ट प्रहार गर्ने क्रममा दीलिप नाथबाट आउट भए।
लेवी आउट भएपछि पोखराका अन्य खेलाडीलाई निक्कै दबाब परेको थियो।
चौथो ओभरको ५औं बलमा रित गौतम पनि क्याच आउट भए। उनले ७ बलमा २ रन मात्रै बनाए। उनलाई कमलसिंह ऐरीले हासिम अन्सारीको हातबाट क्याच गराएका हुन्।
यता, साहन अर्चाचिगे पनि दुई रनमा क्याच भए। उनी ५औं ओभरको अन्तिम बलमा सोमपाल कामीको बलमा साहब आलमको हातबाट क्याच भए।
यस्तै, अर्का ओपनर विपिन रावललाई पोखराले ८औं ओभरको तेस्रो बलमा गुमायो। कृजमा जम्न संघर्ष गरिरहेका रावललाई सागर ढकालले साहब आलमको हातबाट क्याच गराएका थिए।
उनले १५ बलमा एक छक्का र एक चौका प्रहार गर्दै १७ रन मात्रै बनाउन सक्यो।
यता, श्रीलंकका मध्यमक्रमका ब्याट्सम्यान असेला गुणरत्ने पनि लामो समय कृजमा टिक्न सकेनन्।
२४ बलमा एक छक्का र ३ चौका प्रहार गरेका उनीले ३४ रन मात्रै बनाउन सके। उनी लामो सर्ट खेल्ने क्रममा श्रीलंककाकै बलर सीकुगे प्रसन्नाको बलमा १३औं ओभरको पहिलो बलमा दीलिप नाथको हातबाट क्याच आउट भए।
यस्तै, पोखराले १४औं ओभरको तेस्रो बलमा विवेक यादवलाई गुमायो। ५ बलमा एक चौकासहित ४ रन बनाएका विवेक लामो सर्ट खेल्नेक्रममा कमलसिंह कमलसिंह ऐरीले फ्याँकेको बललाई लङअपमा रहेका सोमपाल कामीले सहजै समाए।
कमलसिंह कमलसिंह ऐरीकै ५औं बल खेल्न आएका लोकेश बम शून्य रनमा दीलिप नाथको हातबाट क्याच आउट भए।
१५औं ओभरको अन्तिम बलमा बिक्रम शव पनि एक रनमै समेटिए। सीकुगे प्रसन्नाले फ्याँकेको बललाई डिफेन्स गर्न खोज्दा उनी बोल्ड भएका थिए।
खेलको अन्तिमतिर पोखराको इनिङ्स सम्हाल्न आएका नन्दन यादव १६औं ओभरको चौथौ बलमा करिम जन्नतले फ्याँकेको बलमा एल्बिडब्यू आउट भए।
१७औं ओभरको अन्तिम बलमा कमलले फ्याँकेको बललाई पोखराका कप्तान विनोद भण्डारीले लामो सर्ट प्रहार गरेका थिए। तर, उक्त बल भीम सार्कीले समाए। विनोदले २६ बलमा दुई चौकासहित २२ रन बनाए।
उपाधि हात पार्ने लक्ष्यका साथ मैदान उत्रिएका चितवनका कप्तान सोमपाल कामीले बलिङमा ६ जनालाई उतारेका थिए।
तर, कमलबाहेक अन्य बलर किफायति देखिएनन्। ३.५ ओभर बलिङ गरेका कमलले २० रन खर्चिए ४ विकेट लिए।
यता, प्रसन्न र जन्नतले २/२ विकेट लिए। ३ ओभर बलिङ गरेका प्रसन्नले १३ रन खर्चिए। यता, जन्नतले १५ रन खर्चिए।
सागर ढकाल र सोमपालले १/१ विकेट लिए भने अलाम विकेटविहीन भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।