काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपएल) अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्स पराजित गरेको छ। राजस्थानमाथि माथि ८६ रनको जित हात पारेको कोलकत्ता प्लेअफमा पुग्ने निश्चित जस्तै बनेको छ।
जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ८५ रनमा अल आउट भएको हो। राजस्थानका लागि राहुल टेवाटियाले ३६ बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ४४ रनको योगदान दिए भने शिवम् दुबेले २० बलमा १८ रन बनाए। राजस्थानका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कोलकता युवा तीव्र गतिका बलर शिवम माभीले ३.१ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए भने लोकी फर्गुसनले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। बरुणचक्रवर्ती र सकिब अल हसनले १/१ विकेट लिए।
शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो। कोलकता ओपनर सुभमन गिलले सर्वाधिक ५६ रन बनाए भने वेंकटेश ऐरले ३८ रनको योगदान दिए। कोलकताले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरको थियो।
कोलकत्ताका नितिश राणा १२, राहुल त्रिपाठी २१, दिनेश कार्तिक १४ र ओईन मोर्गन १३ रन बनाए। राजस्थानका क्रिस मोरिस, चेतन सकारिया, राहुल टेवटिया र ग्लेन फिलिप्सले १÷१ विकेट लिए।
यस जितसँगै कोलकत्ता १४ खेलमा १४ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ भने पराजित राजस्थान १० अंकका साथ सातौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।