काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य प्रशान्तविक्रम मल्लले पाएका छन्।
क्यानको असोज बुधबार र बिहीबार बसेको बोर्ड बैठकले अशोकनाथ प्याकुरेलको राजीनामालाई स्वीकृत गर्दै सचिव पदको कार्यवाहक जिम्मेवारी प्रशान्तलाई दिने निर्णय गरेको हो।
क्यानका सचिव प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले अघिल्लो हप्ता पदबाट राजीनामा दिएका थिए।
क्यान विधान अनुसार कुनै कुन पद रिक्त भएमा बोर्ड बैठकबाट उक्त जिम्मेवारी तोक्दै वार्षिक साधरण सभाबाट पारित गर्नुपर्ने हुन्छ। क्यानको वार्षिक साधरण सभा आगामी डिसेम्बर १५ गर्ने बोर्ड बैठकले निर्णय लिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।