काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) दोस्रो क्वालिफायर खेल हुँदै छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने दोस्रो क्वालिफायर खेलमा भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोज भिड्दै छन्। यी दुईबीचको खेल १२ः४५ बजे सुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा र विनोद भण्डारीको कप्तानीमा रहेको पोखराबीचको आजको खेलको विजेता फाइनल पुग्नेछ।े विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
भैरहवा एलिमिनेटरमा काठमाडौं किंग्स–११ लाई १६ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित भएको थियो।
यस वर्ष भैरहवा र पोखरा दोस्रो पटक भिड्न लागेका हुन्। वर्षाको कारण लिग चरणको भेट नतिजा विहीन बनेको थियो।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।