काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले जित हात पारेको छ।अबुधाबीमा बुधबार राति सम्पन्न खेलमा हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ४ रनले पराजित गरेको हो।
हैदरावादले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३७ रनम समेटियो। बैंग्लोरका देबदूत पडिकलले सर्वाधिक ४१ रन जोड्दा ग्लेन म्याक्सवेलले ४० रन बनाए।
एबी डी भिलियर्सले अविजित १९ रन बनाए भने शाहबाज अहमेदले १४ तथा श्रीकार भारतले १२ रन जोडे।
हैदरावादका भुवनेश्वर कुमार, जासन होल्डर, राशिद खान, सिदार्थ कउल र उम्रन मलिकले एक÷एक विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो।
हैदरावादका लागि जासन रोयले ४४ तथा कप्तान केन विलियम्सनले ३१ रन बनाए।जासन होल्डरले १६ तथा प्रियम गार्गले १५ बनाएका थिए।
बैंग्लोरका हर्सल पटेलले ३ तथा डान क्रिस्टियनले २ विकेट लिएका थिए।
लिग तालिकाको पुछारमा रहेको हैदरावादले जितसँगै १३ खेलमा ६ अंक जोडेको छ।
बैंग्लोर १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।