काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गतको अन्तिम खेल रद्द भएपछि काठमाडौं किंग्स इलेभेन अघिल्लो चरणमा पुगेको छ। भिजेको आउटफिल्डका कारण मंगलबार काठमाडौं र भैरहवा भैरहवा ग्ल्याडियटर्सबीचको खेल रद्द भएको हो।
खेल स्थगित भएसँगै दुवै टोलीले १–१ अंक बाँडेका हुन्। योसँगै लिग तालिकामा भैरहवा तेस्रो तथा काठमाडौं चौथो बन्दै प्ले अफमा पुगेका हुन्।
यो उनीहरुको खेलमा निर्भर ललितपुर प्याट्रियट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ।
अब एलिमिनेटरमा तेस्रो भएको भैरहवा र चौथो भएको काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ भने शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो स्थानको पोखरा राइनोज एक आपसमा भिड्नेछन्।
ईपीएलमा चितवन ५ खेलमा ४ मा जित र १ मा हार सहित शीर्षस्थानमा रह्यो भने पोखरा ५ खेलमा ३ मा जित र १ मा हारसहित ७ अंक सहित दोस्रो स्थानमा रह्यो।
भैरहवा ५ खेलमा २ मा जित सहित ७ अंकका साथ तेस्रो स्थानमा रह्यो भने ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पाँचौं स्थानमा रह्यो। काठमाडौं नेटरनरेटका कारण एलिमिनेटर खेल खेलेको हो। ललितपुर ५ खेलमा ३ मा हार र १ मा जित सहित ३ अंकका साथ पुछारमा रह्यो।
पहिलो क्वालिफायर बुधबार ९ः३० मा हुनेछ। बुधबार नै एलिमिनेटर हुनेछ। एलिमिनेटर १ः३० मा हुने छ। प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार र फाइनल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।