काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (मंगलबार) लिग चरणको अन्तिम खेल हुँदै छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स–११ र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंलाई अघिल्लो चरणमा पुग्न खेल जित्नै पर्ने दबाव रहेको छ।
प्ले अफ पुग्नका लागि काठमाडौंलाई जित बाहेक अन्य बिकल्प छैन। काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। आजको खेलमा जित निकालेका काठमाडांै चौथो स्थानमा रहेर प्ले अफमा पुग्नेछ। पराजित भएमा लिग चरणबाटै बाहिरिनेछ।
काठमाडौं बाहिएिमा ललितपुर प्याट्रीयट्सले प्ले अफमा स्थान बनाउनेछ। भैरहवा भने यस अघि नै प्ले अफ पुगिसकेको छ। भैरहवा ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन्।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।