काठमाडौं- अमित श्रेष्ठ र रायन बर्लको अर्धशकमा काठमाडौं किंग्स इलेभेनले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणमा पोखरा राइनोजलाई १ सय ८३ रनको बलियो लक्ष्य दिएको छ।
सोमबार टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८२ रन बनायो।
काठमाडौंका अमित श्रेष्ठले सर्वाधिक ५६ रनको योगदान दिए। उनले ४१ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, रायन बर्ल ५० रनमा आउट भए। उनले ४३ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
कमजोर सुरुवात गरेको काठमाडौंलाई तेस्रो विकेटका लागि बर्ल र अमितले १ सय ६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए।
तल्लोक्रममा कप्तान सन्दीप लामिछानेले ११ बलमा २ चौका र ३ छक्का हित ३१ रनको आक्रामक इनिङ्स खेल्दै टोलीलाई बलियो योगफलमा पुर्याए।
ओपनर रहमानउल्लाह गुरबाज १२ रनमा रन आउट भए। अमरसिंह राउटेलाले ७ र सुवास खकुरेल २ रनमा एलबिडब्लू आउट भए।
पोखरा तीव्र गतिका बलर विवेक यादवले सर्वाधिक ३ विकेट लिए। उनले ३ विकेट लिन १ ओभरमा ७ रन खर्चेका थिए।
साहन अर्चाचिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले १/१ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।