काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा भैरहवासँग चितवनलाई ६ विकेटले पराजित भएको हो।
चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो। भैरहवाका लागि प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए। ४३ बल खेलेका उनले ३ छक्का र ८ चौका प्रहार गरेका थिए।
त्यसैगरी भैरहवाका लागि विस्फोटक ब्याटिङ गरेका उपुल थरंगाले १९ बलमा अविजित ३९ रन बनाए। तमिम इकबालले ४० रन बनाउँदा रोहित पौडेल ६ तथा आरिफ शेख एक रनमा आउट भए। चितवनका करिम जतनले दुई तथा सागर ढकाल र भीम सार्कीले समान एक\एक विकेट लिएका थिए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे। सिकुगे प्रसन्नाले २४ रन बनाउँदा कमल सिंह ऐरी ७ रनमा अविजित रहे।
भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट तथा कुशल मल्लले दुई विकेट लिएका थिए। भैरहवााका कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक/एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।