काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (सोमबार) दुई खेल हुँदै छ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स भिड्दै छन् भने दोस्रो खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। चितवन र भैरहवाबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।
चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ। चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।भैरहवाले ३ खेलबाट ४ अंक जोडेको छ।
काठमाडौं र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ । पोखराले ४ खेलमा ५ अंक जोडेको छ।
काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन्।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।