काठमाडौं- साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गर्दै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘प्लेअफ’मा पुगेका छ।
शनिबार साँझ सम्पन्न खेलमा मुम्बईमाथि ४ विकेटको रोमान्चक जित निकाल्दै दिल्ली ‘प्लेअफ’मा पुग्ने दोस्रो टोली बनेको छ। चेन्नई सुपर किंग्स यसअघिनै प्लेअफमा पुगि सकेको छ।
जितको लागि १ सय ३० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। अन्तिम ओभरमा दिल्लीलाई जितको लागि ४ रन चाहिएको थियो।
स्पिनर कुरनाल पान्ड्यालाई पहिलो बलमा रविचन्द्रन आश्विनले छक्का प्रहार गर्दै जित पक्का गराएका हुन्।
दिल्लीका श्रेयस ऐर ३३ रनमा अविजित रहे। उनले ३३ बलमा २ चौका प्रहार गरे।
यता, आश्विन २१ बलमा १ छक्कासहित २० रनमा अविजित रहे। दिल्लीका कप्तान ऋषभ पन्त २६ रनमा आउट भए।
शिम्रन हेटमायर १५, स्टिभ स्मिथ ९, अक्षर पटेल ९, शिखर धवन ८ र ओपनर पृथ्वी शा ६ रनमा आउट भए।
मुम्बईका ट्रेन्ट बोल्ट, जस्प्रित बुमराह, जयन्त यादव, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइलले १/१ विकेट लिए।
त्यसअघि शाहजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रनको योगदान दिए। उनले २६ बलमा २ छक्का र २ चौका प्रहार गरे।
क्विन्टन डि कक १९, हार्दिक पान्ड्या १७, सौरभ तिवारी १५, क्रुनाल पान्ड्या १३, जयन्त यादव ११, रोहित शर्मा ७, काइरन पोलार्ड ६ रनमा आउट भए।
दिल्लीका आवेश र अक्षर पटेलले ३/३ विकेट लिए। एनरिच नोर्किया र रविचन्द्रन आश्विनले १/१ विकेट लिए।
मुम्बईको यस हारसँगै ‘प्लेअफ’ सम्भावना कठिन बनेको छ। मुम्बईले बाँकी खेलमा दुई खेलमा जितसँगै अन्य टोलीको प्रदर्शन र नेटरनरेटमा निर्भर रहनुपर्ने छ।
मुम्बईले अब मंगलबार राजस्थान रोयल्ससँग खेल्ने छ। दिल्लीले सोमबार चेन्नईसँग खेल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।