फाइल तस्बिर।
कीर्तिपुर- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत काठमाडौं किंग्स ११ र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ।
कीर्तिपुरस्थित टियु मैदानमा बिहान सामान्य वर्षाले आउटफिल्ड भिजेको छ। त्यसपछि मैदानमा घाम लागेपनि खेल गराउन सम्भव नदेखिएको हो।
काठमाडौं र भैरहवाका दुवै टोलीका कप्तान र अम्पायरले लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन्।
त्यसभन्दा अघि दुवै टोलीका खेलाडीले केही समय मैदानमा अभ्यास गरेका थिए। खेल नहुने भएपछि खेलाडीहरूले मैदान छाडेका छन्।
यो खेल पुन: अर्को मितिमा हुने आयोजकले जनाएको छ। काठमाडौं २ खेलमा १ मा जित र १ मा हारसहित पाँचौ स्थानमा छ। भैरहवा ३ खेलमा १ मा जितसहित ४ अंक साथ दोस्रो स्थानमा छ। अब काठमाडौंले आइतबार विराटनगर वारियर्ससँग खेल्ने छन्।
भैरहवाले सोमबार चितवन टाइगर्ससँग खेल्ने छ। शनिबार दोस्रो खेलमा विराटनगर र पोखराबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।