काठमाडौं– आउँदो साउन ११ गतेबाट प्रदर्शन हुने फिल्म ‘चिँ मुसी चिँ’ कोे शीर्ष गीत सार्वजनिक भएको छ। सन्तोष पोखरेलको शब्द र करणराज कार्कीको संगीत रहेको गीतमा नेपाल आइडलकी उत्कृष्ट पाँचौं प्रतिस्पर्धी सुजाता पाण्डेको स्वर छ।
अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको गीतको भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ। भिडियोमा नम्रतासँगै फिल्मका मुख्य कलाकार सुनिल क्षेत्री, शिवराज शर्मा र अलिशा शर्मा पनि देखिएका छन्।
दिनेश श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज शर्मा, शेखर अधिकारी, कमली वाइवा लागयतको अभिनय छ।
वासु न्यौपानेको छायांकनमा रहेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।
गीतको भिडियो:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।