काठमाडौं– कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई २ सय २७ रनको लक्ष्य दिएको छ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले ५ विकेट गुमाएर २ सय २६ रनको योगफल तयार पारेको हो। ललितपुरको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो।
ललितपुरको उच्च योगफलमा ओपनर सन्दुन विराकोड्डीले सर्वाधिक ७३ रन जोडे। उनले ३ छक्का र १० वटा चौका प्रहार गरेका थिए।
विराकोड्डीले प्रहार गरेको ७३ रन यस संस्करणको सर्वाधिक रनको बराबरी हो। यस अघि काठमाडौं किंग्स–११ का रायन वर्लले ललितपुरविरुद्ध अविजित ७३ रन बनाएका थिए।
यता २१ बलमै अर्धशतक पूरा गरेका अज्मतुल्लाह ओमारजाईले अविजित ५८ रन जोड्दा ७ छक्का प्रहार गरे।
अर्का ओपनर तथा कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन जोडे। विराकोड्डी र भुर्तेलले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए।
योगेन्द्र सिंह कार्कीले १८ बलमा २७ रन तथा नारायण जोशीले चार बलमा १८ रन जोड्दा तीन छक्का प्रहार गरे। जयकिशन कोल्सावालाले १३ रन बनाउ भने पवन सर्राफले दुई रन जोडे।
विराटनगरका कप्तान करण केसीले दुई विकेट लिए । सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराले समान एक÷एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।