फाइल तस्बिर
काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज (शुक्रबार दुई खेल हुँदै छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी चौथो संस्करणको प्रतियोगितामा आज विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्स तथा पोखरा राइनोज र चितवन टाइगर्स एकआपसमा भिड्दै छन्।
विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ।करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जितको खोजीमा रहेको छ। विराटनगरले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो। अंकविहीन विराटनगर लिग तालिकाको पुछारमा छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर पनि पहिलो जित निकाल्न चाहन्छ । साविक विजेता समेत रहेको ललितपुरले ३ खेलमा मात्र १ अंक जोडेको छ।
चितवन र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ। सोमपाल कामीको कप्तानीमा रहेको चितवन लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ। चितवनले अघिल्ला दुबै खेल जितेको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखराले २ खेलमा ३ अंक जोडेको छ । र, लिगको तेस्रो स्थानमा रहेको छ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन्। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।