काठमाडौं- काठमाडौं किंग्स ११ का कप्तान सन्दीप लामिछानेलाई एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा जरिवाना लागेको छ।
सन्दीपलाई चितवन टाइगर्सविरुद्ध खेलमा ‘स्लो ओभर रेट’ का कारण १० प्रतिशत ‘म्याच फि’ जरिवाना लगाइएको हो।
म्याचरेफ्रि मोहम्मद सफिकले एक ओभर स्वलो ओभर रेटका कारण उक्त रकम जरिवना लागेको जानकारी दिए। उनका अनुसार सन्दीपबाहेक चितवनविरुद्ध प्लेइङ ११ मा खेलेका बाँकी १० खेलाडीलाई ‘म्याच फि’ को २ प्रतिशत जरिवाना काटिने छ।
जारी प्रतियोगितमा स्लो ओभर रेटका कारण कारबाही पर्ने सन्दीप पहिलो कप्तान हुन्। बिहीबार पहिलो खेलमा काठमाडौं चितवन टाइगर्स ३ विकेटको पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।