भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजा घरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य ४ युवतीलाई पक्राउ गरेको छ।
खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले सोमबार साँझ छापा मारी मोरङ, गोविन्दपुर गाउँपालिका– ४ घर भई हाल चारदोबाटोमा खाजा घर सञ्चालन गर्दै आएका सञ्चालक ५२ वर्षीय शंकर राउतलाई २ सय १० ग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको परिसरका निमित्त सूचना अधिकृत सुशीलकुमार पाण्डेले जानकारी दिए।
सोही खाजाघरबाट यौनधन्दामा सम्लग्न रहँदै आएको अभियोगमा ती युवतीलाई पक्राउ गरिएको जनाइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।