रुकुम– आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमका बालकको आज उद्धार गरिएको छ।
रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए।
आफन्तसँग भागेर भारतको बहराइच पुगेका उनी त्यहाँ एक महिनासम्म होटलमा काम गरिरहेका थिए। होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए।
रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।