फाइल तस्बिर
काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई १ सय ४२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियू मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं किंग्सले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ४१ रन बनायो।
काठमाडौं किंग्सका ओपनर सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए। ३४ बलको सामाना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे। राजु रिजालले २० बलमा २८ तथा जनक प्रकाशले २६ रन बनाए।
चितवनका देव्रेहाते स्पिनर सागर ढकालले ४ विकेट लिए। उनले ४ ओभरमा २१ रन खर्चे। अफगानिस्तानका बलर करिम जन्नतले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए भने कमलसिंह ऐरी र सेकेगु प्रसन्नले १–१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।