काठमाडौं– मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट चलाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष रामकुमार श्रेष्ठविरुद्ध दायर भएको ठगी मुद्दामा जिल्ला न्यायाधीश अमृत बस्नेतको इजलासमा सुनुवाइ सुरु भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले करिब ३ अर्ब बिगो दाबी गर्दै सोमबार मुद्दा दायर गरेको थियो।
स्वास्थ्य परीक्षणको नाममा ठगी गर्दै श्रेष्ठले २ अर्ब ८६ करोड १५ लाख रुपैयाँ बराबरको बिगो असुल हु्नुपर्ने दाबी आरोपपत्रमा गरिएको छ।
प्रहरीले जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा छापा मारेको थियो। प्रहरीले वैदेशिक रोजगारीका लागि मलेसिया जाने युवाहरूसँग सरकारले तोकेकोभन्दा बढी रकम लिएर ठगी गरेको अभियोगमा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जनालाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।