भद्रपुर– झापाको अर्जुनधारमा सोमबार राति ट्याक्टर पल्टिँदा चेपिएर चालकको मृत्यु भएको छ।
मे १ त १८६७ नम्बरको खाली ट्याक्टर अर्जुनधारा नगरपालिका–६ स्थित भित्री सडकमा पल्टिएको थियो। दुर्घटनामा ट्याक्टर चालक इलाम माई नगरपालिकाका २२ वर्षीय अनु विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।
विश्वकर्मालाई ट्याक्टरको इन्जिनले थिचेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। मृतकको शव पोस्टमार्टका लागि बिएन्डसी अस्पतालमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।