काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा वर्षाका कारण रोकिएका खेलको नयाँ तालिका सार्वजनिक भएको छ।
सोमबार वर्षाका कारण काठमाडौं र विराटनगर तथा भैरहवा र चितवनबीचको खेल रोकिएको थियो।
घोषित नयाँ मिति अनुसार काठमाडौं र विराटनगरबीचको खेल अक्टोबर १ (आगामी शुक्रबार) बिहान हुनेछ।
त्यसैगरी, भैरहवा र चितवनबीचको खेल अक्टोबर २ (आगामी शनिबार) हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।