राजविराज– सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ स्थित पोखरीमा डुबेर सोमबार साँझ एक बालकको मृत्यु भएको छ।
स्थानीय कैलाश साहका ११ वर्षीय छोरा देवकुमार साहको घर नजिकको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
केही दिनयता तराईमा बढेको गर्मीका कारण गर्मी छल्नका लागि पोखरीमा पौडी खेल्ने क्रममा देवकुमारको डुबेर मृत्यु भएको स्थानीयवासीले जनाएका छन्।
साहको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।