काठमाडौं– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (मंगलबार) एकमात्र खेल हुँदैछ।
कीतिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्दै छन्। आजको खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जित निकाल्ने योजनामा रहेको छ।काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
सोमबार काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने स्थगित भएको थियो।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ। पहिलो खेलमा पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो। वर्षाको कारण खेल रद्द भएपछि पोखरा र भैरहवाबीचको खेल हुन सकेन।
दुई टिमबीचको पछिल्लो दुई भेटमा दुबै टोलीले एक एक जित निकालेका छन्।
६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गरिरहेको प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।