बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा चलिरहेको पंखा (सिलिङ फ्यान) ले लागेर साेमबार एक युवकको मृत्यु भएको छ।
गैडहवा–२ सीतापुर बस्ने अन्दाजी २० वर्षीय रियाजुद्दीन शेषको तीव्रगतिमा चलिरहेको पंखाले लागेर ज्यान गएको हो।
रमजानमा जाग्राम बसेर सुत्न लाग्दा तीव्र गतिमा चलिरहेको पंखाको पाताले गर्धनमा लागेर गम्भीर घाइते भएका शेषको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।